गोठ सुधार कार्यक्रम २०७७ : १० पशुपालन कृषि फर्मका उद्यमीहरुलाई गोठ सुधारका लागि नगर प्रमुख श्री रामेश्वर श्रेष्ठ ज्यूद्वारा सहयोग हस्तान्तरण

आज २०७७/०२/१९ गते महालक्ष्मी नगरपालिका ललितपरका नगर प्रमुख श्री रामेश्वर श्रेष्ठ ज्यूको अध्यक्षता र प्रमुख प्रसाशकीय अधिकृत श्री पुरुषोत्तम सापकोटा ज्यूको उपस्थितिमा यस नगरपालिकाक्षेत्र भित्रका १० पशुपालन कृषि फर्मका उद्यमीहरुलाई गोठ सुधारका लागि सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भयो। सोही कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख ज्यूले कृषकहरुलाई आफ्ना उत्पादनहरु नगरभित्र निर्वाद रुपमा बजारीकरण गर्न लकडाउनले नरोक्ने र नगर भित्रका उत्पादन नगरभित्र नै बजारीकरण गर्न प्रोत्साहन समेत गर्नु भयो। साथै, कृषिलाई थप व्यवसायीकरण गरी आगामी दिनमा थप उद्यमीहरुको श्रृजना हुने जानकारी पनि दिनुभयो ।