महालक्ष्मी नगरपालिकाद्वारा आयोजित आई.एस.ओ मापदण्डको फोहोर व्यवस्थापन सम्बन्धी सरोकारवालाहरुसँगको एक दिने कार्यशाला सम्पन्न

२०७६/११/०५ गते महालक्ष्मी नगरपालिकाले नगरभित्रका जनप्रतिनिधीहरु, नगरपालिका क्षेत्रमा कार्यरत गैरसरकारी संस्था तथा खानेपानी उपभोक्ता समिति, सामुदायिक वन उपभोक्ता समिति र सफाइको क्षेत्रमा कार्यरत निजी क्षेत्रलगायतका सरोकारवालाहरु बिच आई.एस.ओ. २४५२१ मापदण्डको सरसफाइ सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो। उक्त सुरक्षित फोहोर व्यवस्थापन सम्बन्धी एक दिने कार्यशालामा विशेषत: आई.एस.ओ. मापदण्डको नमुना सरसफाइ कार्यक्रम कार्यान्वयनका लागि नगरपालिकाले गरिरहेको कामको बारेमा कार्यपत्र प्रस्तुत एवं छलफल, नगरस्तरीय समावेशी सरसफाइ योजना, मानव मलमूत्रको सुरक्षित व्यवस्थापन केन्द्रको वैचारिक डिजाइन र फोहोर व्यवस्थापनका लागि कार्यविधि निर्देशिकाको खाका सम्बन्धित छलफल तथा अन्तरक्रिया गरिएको थियो।

पुरै एल्बम् हेर्न यहाँ थिच्नुहोस ।