संक्षिप्त परिचय

महालक्ष्मी नगरपालिका

पृष्ठभूमि

संघीय नेपालको बागमति प्रदेश अन्तर्गत काठमाडौं उपत्यकाको प्रसिद्ध तीन जिल्लाहरुमध्ये ललितपुर जिल्लाको उत्तर पूर्व तर्फ महालक्ष्मी नगरपालिका अवस्थित छ । साविकका ५ गाविसहरु - ईमाडोल, टिकाथली, सिद्धिपुर, लुभु र लामाटार समेटेर मिति २०७१ मंसिर १६ बाट यो नगरपालिका बनेको हो । ऐतिहासिक रुपमा हेर्दा पुरानो लुभु र सिद्धिपुर जस्ता साना शहरहरु नेवार संस्कृतिको नमुनाको रुपमा रहेका छन् । त्यसैगरी ईमाडोलमा रहेको अशोक स्तुपा, लुभुमा रहेको महालक्ष्मीको मन्दिर यस नगरका सम्पदा हुन् ।

नामाकरण

यस महालक्ष्मी नगरपालिकाको हालको वडा नं. ८, लुभुमा रहेको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको महालक्ष्मी मन्दिरको नामबाट यस नगरको नामाकरण गरिएको छ । जनश्रुतिअनुसार प्राचिन कालमा श्रीपार्वतीले चतुषष्ठि लिङ्ग यात्राका क्रममा गौश्रृङ्ग तीर्थमा स्नान गरी गोभ्राटेश्वर देगः  महादेवको दर्शन गरेको, श्रृङ्ग ऋषिले सिस्नेरी गुफामा बसेर तपस्या गर्दा श्रीमहालक्ष्मी र श्रीभैरवको उत्पत्ति गुण्डुमा भई पछि साधना गरेर ल्याई देविस्थानमा स्थापना गरेको र फेरि लुभुको लाछीमा स्थापना गरिएको बताइन्छ । अर्को जनश्रुतिअनुसार घाँसीहरु घाँस काट्न हालको देवीस्थान चौरमा पुग्दा धेरै देवदेवीहरु पङ्क्तिबद्ध रूपमा उभिएर नृत्य गरिरहेको देखेपछि सो दृश्य हेर्न गाउँलेहरुलाई बोलाए तर गाउँले त्यहाँ पुग्दा देवताहरु ढुङ्गाको मुर्तिमा परिणत भएका थिए । त्यसपछि गाउँलेले ती ढुङ्गाका मुर्तिहरुलाई श्रीमहालक्ष्मी र आकाशभैरव गणका रूपमा पूजा गरी आफ्नो ईष्टदेवीको रूपमा अर्चना गरेको पाइन्छ । महालक्ष्मी मन्दिर उपत्यकाका नौ वटा शक्तिपीठ मध्येको एक रहेको छ। महालक्ष्मी मन्दिरभित्र नेपाल सम्वत् ८४७ मा राखिएको ताम्रपत्रले यो मल्लकालीन धार्मिक महत्वको स्थल रहेको प्रष्ट पार्छ । महालक्ष्मीलाई ऐश्वर्य र समृद्धिकी देवीको रूपमा मानिने भएकोले नगर पनि ऐश्वर्य र समृद्धिले भरिभराउ होस् भन्ने उद्देशयले यस नगरपालिकाको नाम महाक्ष्मी नगरपालिका राखिएको देखिन्छ ।

अवस्थिति (सिमाना)

करिब २६.५ वर्ग कि.मी. मा पूर्व-पश्चिम लाम्चो आकारमा फैलिएको यो नगरपालिका पूर्वमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका, दक्षिण र पश्चिममा ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकासँगको सिमाना कर्मनाशा खोलाले छुट्याएको, उत्तरमा भक्तपुर जिल्लाको मध्यपुर ठिमी नगरपालिका र सूर्यविनायक नगरपालिकासँग जोडिएको छ । काठमाडौं उपत्यका प्रवेश गर्ने वैकल्पिक मार्गको रूपमा विकास हुँदै गरेको ग्वार्को-लुभु-लामाटार-मानेदोभान-पनौति हुदै वि. पि. लोकमार्गको नेपालथोक जोड्ने सडक यस नगरपालिकाको करिब मध्य भाग भएर गएको कारणले पनि यस नगरपालिकाको विकासको अधिक सम्भावना रहेको छ ।

नगरपालिकाको संक्षिप्त परिचय

प्रदेश

बागमती (प्रदेश नं. ३)

जिल्ला

ललितपुर

निर्वाचन क्षेत्र नं.

२ क, ख

वडा संख्या

हाल १० (२०७३|११|२६ देखि), १८ (२०७१|०८|१६)

उचाई

१५७४ मि.

कुल जनसंख्या

६२१७२ (२०६८ को जनगणनानुसार)

जनसंख्याको बनावोट नेवार ३३.७८ प्रतिशत, क्षेत्री २८.६९, ब्राह्मण १३.४७, तामाङ्ग ७.९३ मगर ४.६७, अन्य जाती ११ प्रतिशत

जनसंख्या वृद्धिदर

५.७ प्रति वर्ष

जन घनत्व

२३४६ प्रति वर्ग कि.मी.

घरधुरी

१४९३०

पर्यटकिय स्थल

लुभु, महालक्ष्मी मन्दिर, लाकुरी भञ्ज्याङ्ग, श्रृङ्गीऋषि गुफा, श्रृगेरी डाडाँ, कामधेनु गुफा, अशोक स्तुपा, शान्ति पोखरी, गणेश तथा भैरव मन्दिर, सिद्धेशवर मन्दिर, कृष्ण तथा बालकुमारी मन्दिर, श्री गोभ्राटेश्वर देगः आदि

 

 

परिचय

“स्वच्छ, सफा, समृद्ध, सुन्दर – महालक्ष्मी नगर” को दिर्घकालीन लक्ष्य सहित अघि बढेको महालक्ष्मी नगरपालिका बागमती प्रदेशअन्तर्गत ललितपुर जिल्लाको उत्तर-पूर्वमा अवस्थित छ । यस नगरपालिकाको वडा नं ८ लुभुमा रहेको ऐतिहासिक, धार्मिक एवम् सांस्कृतिक महत्व रहेको महालक्ष्मी मन्दिरको नामबाट यस नगरपालिकाको नामकरण गरिएको हो । महालक्ष्मीलाई ऐश्वर्य र समृद्धिको देवीका रूपमा मानिने भएकाले नगर पनि ऐश्वर्य र समृद्धिले भरिपूर्ण होस् भन्ने उद्देश्यले यस नगरपालिकाको नाम महालक्ष्मी नगरपालिका राखिएको देखिन्छ । इमाडोल, टिकाथली, सिद्धिपुर, लुभु र लामाटार ५ गा.वि.स. मिलाएर वि.सं. २०७१ मङ्सिर १६ मा यो नगरपालिका स्थापना भएको हो । हाल १० वडा रहेको यस नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय वडा नं ४ कमलपोखरीमा रहेको छ । विभिन्न जातजाति, भाषाभाषी कला र सभ्यताले भरिपूर्ण यस नगरपालिका धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय दृष्टिले समेत सम्पन्न छ ।

भौगोलिक अवस्थितिः

अक्षांश: २७३७' देखि २७४०' उत्तरी अक्षांश सम्म
देशान्तर: ८५२०'  देखि ८५२६' पूर्वी देशान्तर सम्म
उचाइ: औसत १५७४ मी.
क्षेत्रफल: २६.५ वर्ग कि.मी.

पूर्व - पश्चिम औसत लम्बाई: १२.२ कि.मी.

उत्तर - दक्षिण औसत चौडाइ: ३.४७ कि.मी.

(स्रोतः Google Earth)

 

सिमाना

पूर्व: पनौती नगरपालिका, काभ्रेपलान्चोक

पश्चिम: ललितपुर महानगरपालिका, ललितपर

उत्तर: मध्यपुर ठिमी नगरपालिका र सूर्यविनायक नगरपालिका, भक्तपुर

दक्षिण: ललितपुर महानगरपालिका र गोदावरी नगरपालिका, ललितपुर

नगरको राजनीतिक एवम् प्रशासनिक विभाजन

सङ्घीय निर्वाचन क्षेत्र: ललितपुर २

प्रदेश निर्वाचन क्षेत्र: ललितपुर २ (क)

वडा सङ्ख्या – हाल १० (२०७३/११/२६ देखि), १९ (२०७१/०८/१६)

वडा कार्यालयहरूको विवरण

वडा नं.

कार्यालय रहेको स्थान

सम्पर्क नं

इमेल ठेगाना

इमाडोल

०१-५२००९३८

mahalaxmi01ward@gmail.com

इमाडोल

०१-५२०३७७१

mahalaxmimunwardno02@gmail.com

इमाडोल

०१-५२०४३५२

mahalaxmimunw3@gmail.com

इमाडोल

०१-५२०४१९९

mahalaxmimunw4@gmail.com

टिकाथली

०१-५००७२५१

mahalaxmimunw5@gmail.com

सिद्धिपुर

०१-५७०९१८१

mahalaxmimunw6@gmail.com

चाङ्गाथली

०१-५२६६२८८

mahalaxmimunw7@gmail.com

लुभु

०१-५५८०११७

mahalaxmimunw8@gmail.com

लामाटार

०१-५१३२१४६

ward9.mahalaxmimun@gmail.com

१०

लाँकुरी भञ्ज्याङ

९८५१०६७२९४

mahalaxmimunw10@gmail.com

 

जलवायु

हावापानी: समशितोष्ण

औसत सापेक्षिक आद्रता: ५० देखि ८० प्रतिशतसम्म

तापक्रम:

औसत अधिकतम तापक्रम २३.६ डिग्री सेल्सियस

औसत न्यूनतम तापक्रम १०.७ डिग्री सेल्सियस

वर्षा:

जनसङ्ख्या

साविक गाविसहरू

महालक्ष्मी नगरपालिकाको हालका वडाहरू

पुरुष

महिला

जम्मा

घरधुरी

क्षेत्रफल (कि.मि)

इमाडोल

३७००

३६०६

७३०६

१८४१

०.९५

३२३९

३०२४

६२६३

१६५६

०.४५

३०२१

२८८३

५९०४

१५२६

०.६३

३९५३

३९०१

७८५४

१८७५

१.९९

टिकाथली

३२७१

३२८२

६५५३

१५७१

२.०८

सिद्धिपुर

२८८८

३२५९

६१४७

१४८४

२.०१

टिकाथली

१८०१

१७८२

३५८३

८५३

०.९३

लुभु

५१२६

५२४८

१०३७४

२३६५

६.४०

लामाटार

३४५६

३४५३

६९०९

१४७३

६.५७

१०

६१६

६६३

१२७९

२८६

४.४९

 

जम्मा

३१,०७१

३१,१०१

६२,१७२

१४,९३०

२६.५

 

कुल जनसङ्ख्याः ६२, १७२ (महिला: ३११०१, पुरुष: ३१०७१)

वार्षिक जनसङ्ख्या वृद्धिदर: ५.७ प्रतिशत

जनघनत्व: २३४६ प्रति वर्ग कि.मी.

परिवारको औसत आकार: ४ जना

(स्रोतः राष्ट्रिय जनगणना, २०६८)

 

 

 

कृषि

कूल खेती योग्य जमिन (हे.)

हाल खेती भइ रहेको जमिन (हे.)

सिञ्चित क्षेत्रफल (हे.)

वर्षभरि

मौसमी

१७२४

१०३५

८४८

१८७

 

 (श्रोतः राष्ट्रिय कृषि गणना २०६८ का अनुसार)

कृषि पकेट क्षेत्रहरूको विवरण

क्र.सं.

पकेट क्षेत्रको विवरण

वडा नं

कौसी खेती

१ देखि ५

लहरे तरकारी खेती

६ र ७

च्याउ र पुष्प खेती

गोलभेँडा खेती, गाईपालन

अलैंची र ओखर खेती, बाख्रापालन

१०

 

 

नदी/खोला तथा पोखरीहरू

नदी: कर्मनाशा, गोदावरी, मनोहरा

खोलाः गौमती, श्रृङ्गमति, वासुकी, ढुङ्ग्रेखोला, धाराचौर, कमेरे, जङ्गली खोला, ठूलो खोला, तिल्पु खोला, फेदी खोला, मानेदोभान खोला, कागेश्वरी खोला, चापाखर्क खोला, ढुङ्गे खोला

पोखरीहरू: बोझेपोखरी, कमलपोखरी, फोङ्गाः पुखु, शान्तिपुखुः, बुद्ध पोखरी (न्हु पखः), पाँचपोखरी, भैरव कुण्ड, सिंथलीडाँडाँ पोखरी, लामा डाँडाँ पोखरी

झरनाहरूः ढडेन झरना, कागेश्वरी झरना, काजीटोल झरना

 

वनजङ्गल

सामुदायिक वन:

वडा नं ९ :  ढिकसपाखा, काफले, पात्ले, गणेश, गौमती, पँदाली, चिसापानी, श्रृङ्गेरी,

वडा नं १० : माथिल्लो पात्ले सामुदायिक वन, मानेडाँडँ सामुदायिक वन, सिंथलीडाँडाँ सामुदायिक वन, गोलडाँडाँ सामुदायिक वन

 

प्रमुख धार्मिक सम्पदाहरू

वडा नं १ : श्री कृष्ण प्रणामी मूल मन्दिर, सर्वेश्वर महादेव मन्दिर, छोठुल गुम्बा,  

वडा नं २ : अशोक स्तुपा, भगवानस्थान चैत्य

वडा नं ३ : पैनाचल महादेव मन्दिर र सत्यनारायण मन्दिर

वडा नं ४ : जगदिश्वोर महादेव मन्दिर

वडा नं ५ : शिव मन्दिर

वडा नं ६ : वंगलामुखी मन्दिर, गणेश मन्दिर, भैरव थानः भैल द्यः मन्दिर, नासः द्यः (नाट्येश्वर) र बालकुमारी मन्दिर, सिद्धेश्वर महादेव मन्दिर, लुकुमाःद्यः (लुकेको महादेव), सिद्धि मंगल बुद्ध विहार, धर्मचक्र महाविहारः

वडा नं ७ : गुप्तेश्वर महादेव मन्दिर

वडा नं ८ :  श्री महालक्ष्मी महाभैरव मन्दिर, गोभ्राटेश्वर महादेव मन्दिर, गणेश मन्दिर, देविस्थान मन्दिर, शङ्खादेवी मन्दिर, चुन्देवी देवल, भगवती मन्दिर, नारायण मन्दिर, लोकनाथ मन्दिर, नारायणी मन्दिर

वडा नं ९ : भैरवस्थान, देवीस्थान, गोचण्डेश्वरी, श्रृङ्गऋषि, संकटमुक्तेश्वर, राम मन्दिर, ससाम्बु माई

वडा नं १० : माने चैत्य स्तुपा, श्रीङ्ग ऋषी गुफा, बासुकी धाम, काली देवी मन्दिर, भीमसेन मन्दिर

 

 

प्रमुख चाडपर्व तथा जात्राहरू

प्रमुख चाडपर्वहरू – दशैं, तिहार, ल्होसार, महः पुजा,  सिठी नःखः (कुमार षष्ठी), यःमरी पुन्ही, गुणी पुन्ही (रक्षाबन्धन), गठेमङ्गल, फागु पूर्णिमा, राम नवमी, चैत्य पुर्णिमा, माघे संक्रान्ति, साउने सङ्क्रान्ति
प्रमुख जात्राहरू - श्रीमहालक्ष्मी – श्रीमहाभैरब (लुभु) जात्रा, गोभ्राटेश्वर महादेव जात्रा, खड्ग जात्रा बालकुमारी जात्रा, मतयाः, गाई जात्रा, कृष्ण जात्रा, कागेस्वरी जात्रा, फुल्चोकी जात्रा

प्रमुख उद्योगहरू

कपडा/गार्मेन्ट उद्योग, प्रिन्टिङ प्रेस, कागज कारखाना, ब्लक उद्योग, आल्मुनियम तथा अन्य मेटल उद्योग, फर्निचर उद्योग, मूर्ति उद्योग, ढलौट उद्योग

नगरभित्र बोलिने प्रमुख भाषाहरू

नेपाली, नेवारी, तामाङ

प्रमुख पर्यटकीय स्थलहरू

लाँकुरीभञ्ज्याङ, कोट डाँडा, श्रृङ्गेरी डाँडा, श्रृङ्गेरी गुफा, बासुकी नागस्थान र कामधेनु गुफा, मातभ्व सङ्गम, गौशिङ्ग तीर्थ, माने चैत्य गुम्बा, भिमसेन डाँडा सुर्योदय स्थल, मनमोहन पार्क, पाँच पोखरी डाँडा, श्रृङ्ग ऋषि गुफा

स्वास्थ्य संस्थाहरू

सरकारी अस्पताल – ०

निजी अस्पताल – २

किस्ट मेडिकल कलेज तथा अस्पताल – इमाडोल (वडा नं १)

केयर एन्ड क्यूर मल्टिस्पेसलिटि हस्पिटल प्रा. लि. – टिकाथली (वडा नं ५)

प्राथमिक स्वास्थ्य केन्द्र – १

लुभु प्राथमिक स्वास्थ्य केन्द्र – लुभु (वडा नं ८)

स्वास्थ्य चौकी – ४

इमाडोल स्वास्थ्य चौकी – इमाडोल (वडा नं १)

सिद्धिपुर स्वास्थ्य चौकी – सिद्धिपुर (वडा नं ६)

टिकाथली स्वास्थ्य चौकी – चाङ्गाथली (वडा नं ७)

लामाटार स्वास्थ्य चौकी – लाँकुरी भञ्ज्याङ (वडा नं १०)

आधारभूत स्वास्थ्य सेवा केन्द्र – ५

आधारभूत स्वास्थ्य सेवा केन्द्र – भगवानस्थान (वडा नं २)

आधारभूत स्वास्थ्य सेवा केन्द्र – बोजेपोखरी (वडा नं ३)

आधारभूत स्वास्थ्य सेवा केन्द्र – सितापाखा (वडा नं ४)

आधारभूत स्वास्थ्य सेवा केन्द्र – टिकाथली (वडा नं ५)

आधारभूत स्वास्थ्य सेवा केन्द्र – लामाटार (वडा नं ९)

         

प्रहरी सुरक्षा

इमाडोल प्रहरी प्रभाग – वडा नं १, इमाडोल

टिकाथली प्रहरी चौकी – वडा नं ५, टिकाथली

लुभु प्रहरी प्रभाग – वडा नं ८, लुभु

लाकुरीभञ्ज्याङ प्रहरी चौकी – वडा नं १०, लाकुरीभञ्ज्याङ

नगर कार्यपालिकाका पदाधिकारीहरू

सि.नं.

नामथर

पद

सम्पर्क नं

श्री हरिगोविन्द श्रेष्ठ

नगर प्रमुख

९८५१२०१६५४

श्री लक्ष्मी महर्जन

नगर उपप्रमुख

९८५१२०२६५४

श्री छिरिङ लामा

वडा अध्यक्ष

९८४१३८५९१८

श्री ध्रुव खत्री

वडा अध्यक्ष

९८४१४१०३८१

श्री कुबेर के.सी.

वडा अध्यक्ष

९८४१५७५०१७

श्री अमृत खत्री

वडा अध्यक्ष

९८५१०९२५५३

श्री कपिल के.सी.

वडा अध्यक्ष

९८५१०६२६६१

श्री धर्म महर्जन

वडा अध्यक्ष

 ९८४१२५३२८१

श्री बाबु राजा महर्जन

वडा अध्यक्ष

९८५१०३१५१०

१०

श्री विश्वराज श्रेष्ठ

वडा अध्यक्ष

९८५११३१००२

११

श्री जयकृष्ण बोगटी

वडा अध्यक्ष

९८५१०७३६५६

१२

श्री विजय लामा

वडा अध्यक्ष

९८५१०६७२९४

१३

श्री लक्ष्मी दहाल

कार्यपालिका सदस्य

९८४३३८४८३४ 

१४

श्री कला भण्डारी

कार्यपालिका सदस्य

९८६०४९८६१३

१५

श्री माधव श्रीमाली

कार्यपालिका सदस्य

९८४५१८६३४२

१६

श्री रमेश मिजार

कार्यपालिका सदस्य

९८४१४५६१०१

१७

श्री पूर्ण लक्ष्मी लोहला

कार्यपालिका सदस्य

९८४१८७७१८९

१८

श्री जयन्ती महर्जन

कार्यपालिका सदस्य

९८४९४०६५४३

१९

श्री सरिता पोखरेल

कार्यपालिका सदस्य

९८६१९९३६३६

२०

श्री कुमार बयलकोटी

कार्यपालिका सदस्य

९८५१०५७६४९

२१

श्री प्रदिप पौडेल

सदस्य सचिव

९८५१२५००१५