राष्ट्रिय भिटामिन ए आम वितरण कार्यक्रम संचालन हुने सम्बन्धी सूचना

राष्ट्रिय भिटामिन ए आम वितरण कार्यक्रम

यहि मिति २०८३ कार्तिक १७ र १८ गते आ.व. २०८३/०८४ को पहिलो चरणको राष्ट्रिय भिटामिन "ए" क्याप्सुल तथा जुकाको औषधि (अल्वेन्डाजोल) खुवाउने कार्यक्रम संचालन हुने भएकोले ६ महिना देखि ५९ महिना सम्मका बालबालिकालाई भिटामिन "ए" क्याप्सुल तथा १२ महिना देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउनुका साथै ६ महिना देखि २३ महिनासम्मका बालबालिकालाई “बाल भिटा” वितरण गरिने हुँदा आफ्नो नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वंयमसेविकाहरुलाई वा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन सम्पूर्ण अभिभावकहरुलाई अनुरोध गरिन्छ | साथै यस अभियानलाई सफल पार्न आवश्यक सहयोग र समन्वयका लागि सम्पूर्ण सरोकारवालालाई समेत अनुरोध गरिन्छ |

सम्बन्धित कागजातहरू

सि.नं. शीर्षक अपलोड मिति फाइल प्रकार डाउनलोड
1 Vitamin A १६ कात्तिक, २०८३ JPEG