बालि/विरुवा/फलफुल नर्सरी सम्बन्धि विवरण उपलब्ध गराईदिने बारे सूचना प्रकाशित मिति २०८३/०४/१४
विवरण उपलब्ध गराईदिने बारे
Powered by
riri one
महालक्ष्मी नगरपालिकालाई राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई, भक्तपुरको मिति २०८३।०४।१३ गते, च.न.४ को प्राप्त पत्रानुसार यस नगरपालिका भित्र सञ्चालन हुँदै आएका बाली/विरुवा/फलफूल नर्सरी फर्म तथा स्रोत केन्द्रको विवरण माग भएको र उक्त विवरण कृषि विकास शाखा समेतलाई कृषि प्रयोजनका लागि आवश्यक हुने हुँदा यस क्षेत्र भित्र संचालन हुँदै आएका बाली/विरुवा/फलफुल सम्बन्धिको तपशील ढाँचाको विवरण सम्बन्धित नर्सरी सञ्चालक/फर्म/संस्था/कृषक/समुह/सहकारीहरुले यो सूचना प्रकाशन भएको मितिले यथासिघ्र यस नगरपालिकाको कृषि विकास शाखा, कमलपोखरी र सम्पर्क कार्यालय लामाटारमा उपलब्ध गराईदिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।