सम्पूर्ण महालक्ष्मी नगरवासीहरुमा अपिल ।
अपिल
Powered by
riri one
मिति २०८३/०५/१० गते बुधवारका दिन रसुवा जिल्ला तथा भोटेकोशी, त्रिशुली र नारायणी नदी आसपासका क्षेत्रमा आएको बाढीले अकल्पनिय आर्थिक, मानवीय, भौतिक तथा भावनात्मक क्षति पुर्याएको छ। यस दुखद घडीमा उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यक्रमहरु द्रुत रुपमा सञ्चालित भईरहेको हुँदा संयमित भई बस्न तथा आ-आफ्नो स्थानबाट योगदान गर्न आह्वान गरिन्छ।
साथै यस महालक्ष्मी नगरपालिका भित्र बसोवास गर्ने नागरिक उक्त विपदबाट प्रभावित भएको, सम्पर्कमा नआएको, उद्धार गर्नुपर्ने अवस्थामा रहेको जानकारी प्राप्त भएमा यस महालक्ष्मी नगरपालिका र अन्तर्गतका तपसिलका वडा कार्यालय, प्रहरी चौकी तथा सुरक्षा निकायहरुमा सम्पर्क गरी खोजी तथा उद्धार कार्यमा सहयोग पुर्याउनुहुन अनुरोध गरिन्छ।