माटो परिक्षण तथा माटो सुधार कार्यक्रममा सहभागी हुन आवेदन पेश गर्ने बारेको सूचना

माटो परिक्षण

यस महालक्ष्मी नगरपालिका कृषि विकास शाखाको आ.व.२०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार माटो परीक्षण तथा माटो सुधार कार्यक्रम अन्तर्गत माटो नमुना सङ्कलन प्रविधि तालिम, माटो जाँच शिविर सञ्चालन र माटो परीक्षण पश्चात् नतिजाको आधारमा माटो व्यवस्थापनका लागि कृषि चुन/जिप्सन/प्राङ्गारिक मल वितरण कार्यक्रम रहेको हुँदा उक्त कार्यक्रममा सहभागी हुन यस नगरपालिका भित्र स्थायी खेती गर्ने वा लामो समयदेखि भाडामा खेती गर्दै आएका इच्छुक कृषक/कृषि समूह/सहकारी/फार्महरुका लागि माटो जाँचको लागि यस अघि मिति २०८३/०६/१५ गते प्रथम पटकको प्रकाशित सूचना अनुसार प्रयाप्त आवेदन प्राप्त नभएको हुँदा यो सूचना प्रकाशित भएको मितिले ७ दिन (२०८३/०८/०८ गते भित्र) भित्र आवश्यक कागजातसहित यस नगरपालिकाको कृषि विकास शाखा, कमलपोखरी वा कृषि सेवा केन्द्र, लामाटार वा सम्बन्धित वडा कार्यालयहरुमा आवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो दोस्रो पटकको सूचना पुनः प्रकाशित गरिएको छ ।


सम्बन्धित कागजातहरू

सि.नं. शीर्षक अपलोड मिति फाइल प्रकार डाउनलोड
1 Soil Testing १ मंसिर, २०८३ JPG