२०७७ फागुन ९ गते महालक्ष्मी नगरपालिकाका नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूको अध्यक्षतामा महालक्ष्मी नगरपालिका, तथा अर्लि चाइल्डहुड एजुकेसन सेन्टर (ECEC) एवम् तीनवटा सामुदायिक विद्यालयकाबीचमा कक्षा व्यवस्थापनमा सुधार तथा शिक्षकको क्षमता अभिवृद्धि गरी बालमैत्री नमूना विद्यालय सञ्चालनका लागि सहयोग कार्यक्रम सम्बन्धमा सम्झौता एवम् कार्यक्रमको शुभारम्भ कार्यक्रम सम्पन्न भयो ।
आज मिति २०७७/११/०६ गते महालक्ष्मी नगरपालिका, ललितपुरको आर्थिक तथा पर्यटकीय हिसावले महत्वपूर्ण एवम् नगरको गौरवको योजना मनमोहन मेमोरियल टावर तथा पार्क निर्माण कार्यको प्रथम चरणमा मनमोहन मेमोरियल टावर र लाकुरीभञ्ज्याङ देखि मनमोहन पार्क जाने सडक स्तरोन्नती गर्ने कार्यको नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूद्वारा शिलान्याश गरी निर्माण कार्य सुभारम्भ गरियो । उक्त शिलान्यास कार्यक्रममा नगर उपप्रमुख श्री निर्मला थापाज्यू, वडा नं २,३, ८, ९ र १० का वडा अध्यक्षज्यूहरूसहित अन्य जनप्रतिनिधि र समाजसेवी स्थानीयवासीहरू, प्रमुख प्रशासकीय अधिकृत श्री पुरुषोत्तम सापकोटा, प्रमुख शिक्षा अधिकृत श्री चिरञ्जीवी पौडेलसहित अन्य प्राविधिक कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
शिलान्यासपछिको औपचारीक कार्यक्रममा सम्बोधन गर्नुहुँदै नगर प्रमुखज्यूले यस योजना नगरको गौरवको योजना रहेकोले समयमा नै तोकिएको मापदण्डबमोजिम गुणस्तर कायम हुने गरी सम्पन्न गर्न निर्देशन दिनुभयो साथै उहाँले मनमोहन पार्क उपत्यकाको मात्र नभई देशकै पर्यटकीय गन्तव हुने विश्वास व्यक्त गर्नुभयो । सोही कार्यक्रममा नगर उपप्रमुखज्यू, १० नं वडाका वडा अध्यक्षज्यू, वन उपभोक्ता समितिका अध्यक्ष लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो।