FAQs Complain Problems

महालक्ष्मी नगरपालिकाको आधारभुत तह परीक्षामा सामेल हुने विद्यार्थीहरुका लागि समुदायिक विकास केन्द्र द्वारा मास्क हास्तान्तरण

महालक्ष्मी नगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सामुदायिक विकास केन्द्रका अध्यक्ष बाबुराम कोइरालाले नगरप्रमुख श्री रामेश्वर श्रेष्ठ ज्यूलाई मास्क हस्तान्तरण गर्नुभयो। कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख ज्यूले नगरस्तरीय आधारभूत तहको परीक्षामा सामेल बिद्यार्थीहरुलाई तातोपानी पिउने ब्यवस्था गरिएको, स्वास्थ्य सम्बन्धी समस्या हुन नदिन ७ बटै परीक्षा केन्द्रमा सुविधा सम्पन्न ‘हेल्थ डेस्क' स्थापना गरिएको र शिक्षामा गरिने लगानी दीर्घकालीन भएकोले सामुदायिक बिद्यालयलाई प्राविधिक धारमा लैजाने प्रयास भैरहेको जस्ता जानकारी दिनुभयो। साथै, नगरपालिकाको अभियानमा सघाउ पुर्याएको भन्दै उहाँले मास्क उपलब्ध गराउने संस्थाप्रति आभार ब्यक्त गर्नु भयो।

महालक्ष्मी नगरपालिका ललितपुरको आधारभूत तहको परीक्षामा सामेल हुने बिद्यार्थीहरुको स्वास्थ्यलाई मध्ये नजर गरि गरिएको पूर्व तयारी: हरेक बिद्यार्थीलाई निःशुल्क मास्क (पुन प्रयोग गर्न मिल्ने), हरेक परीक्षा केन्द्रमा तातो पिउने पानीको व्यवस्था र हेल्थ डेस्क।
(पुरै फोटो एल्बम् हेर्न यहाँ क्लिक गर्नुहोला)

सम्बन्धित सामाचारः नगरवासी बिद्यार्थीहरुका लागि महालक्ष्मी नगरपालिकालाई २ हजार थान मास्क हस्तान्तरण