FAQs Complain Problems

नयाँ घर नक्सा दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सम्पूर्ण कागजपत्र पुगे सोही दिन
जिम्मेवार अधिकारी: 
भवन तथा वस्ती विकास शाखा
सेवा दिने कार्यालय: 
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
निःशुल्क
आवश्यक कागजातहरु: 
  1. निवेदन फारम
  2. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी
  3. नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  4. कि. नं प्रष्ट भएको नापी नक्सा (ब्लु प्रिन्ट) सक्कल
  5. नक्सा पास गरिने घरको नक्साको प्रितिलिपी
  6. चालु आ.व. को सम्पति कर तिरेको रसिदको प्रतिलिपी
  7. जग्गा कुनै निकायमा धितोको लागि राखेको भए सम्बन्धित निकायको स्वीकृति पत्र
  8. नक्सावाला मोही भएमा जग्गाधनी वा गुठीको स्वीकृतिपत्र
  9. वारेश राखी नक्सा पास गर्ने भए वारेशनामा र वारेशको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  10. भवन निर्माण हुने जग्गाको बाटो प्रष्ट नभएमा वडा कार्यालयको बाटो कायम भएको सिफारिस
  11. डिजानरको NEC प्रमाणपत्र र नगरपालिकामा सुचीकृत भएको प्रमाणपत्रको प्रतिलिपी
गुनासो सुन्ने अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत