कोभिड

महालक्ष्मी नगरपालिका ललितपुरको लकडाउन पूर्ववत् अवस्थामै सामान्य बनाइएको सम्बन्धी सूचना ।

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

ध्यानाकर्षण भएको सम्बन्धमा ।

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

महालक्ष्मी नगरपालिका वडा नं ०८ को लुभु प्राथमिक स्वास्थ्य केन्द्रमा २०७७/०३/२७ गते गरिएको कोरोना परीक्षण कार्यक्रम ।

आज मिति २०७७/०३/२७ गते महालक्ष्मी नगरपालिका ललितपुरको नेतृत्व र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (EDCD) को संयोजकत्वमा यस नगरपालिका क्षेत्रमा देखिएका कोरोना संक्रमितहरुको Closed Contacts अर्थात् नजिकी समपर्कमा रहेका ७४ व्यक्तिहरुको लुभु प्राथमिक स्वास्थ्य केन्द्रमा कोरोना परीक्षणका लागि थोर्ट स्वाब संकलन कार्यक्रम सम्पन्न भएको छ ।
त्यसैगरी कोरोना संक्रमण समुदायस्तरमा भए नभएको जाँच गर्नका लागि लुभुमा यस नगरपालिकाको विभिन्न वडाहरुका जम्मा १३९ व्यक्तिहरुको स्वाब संकलन गरिएको छ ।
उक्त कार्यक्रममा संकलित २१३ थ्रोट स्वाब नमुनाहरु पि.सि.आर. परीक्षण पद्धति द्वारा कोरोना संक्रमण परीक्षण गर्नका लागि राष्ट्रिय जनस्वास्थय प्रयोगशाला, टेकु, काठ्माडौं पठाइएको छ ।
यस कार्यक्रमले नगरवासीलाई थप सुरक्षित राख्न मद्दत गर्ने र समुदायस्तरमा संक्रमण रहे नरहेको थाहाँ पाउन र कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भावी दिनमा अपनाउनु पर्ने रणनीति तय गर्न पनि मद्दत गर्ने विश्वास नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूले व्यक्त गर्नुभयो साथै यसैगरी समुदायस्तरको परीक्षणलाई निरन्तरता दिइने पनि उहाँले बताउनुभयो ।

COVID 19 test in Mahalaxmi Municipality

विदेशबाट फर्किएका व्यक्तिहरुको GIS प्रविधिबाट म्यापिङ गरिएको विवरणहरुको प्रस्तुतिकरण र अध्ययन कार्यक्रम

मिति २०७७/०२/२६ गते महालक्ष्मी नगरपालिका ललितपुरका नगर प्रमुख श्री रामेश्वर श्रेष्ठ ज्यूको अध्यक्षता, नगर उपप्रमुख श्री निर्मला थापा ज्यू र प्रमुख प्रशासकीय अधिकृत श्री पुरुषोत्तम सापकोटा ज्यूको उपस्थितिमा हालसम्म अद्यावधिक गरिएको विदेशबाट यस नगर क्षेत्र भित्र फर्किएका व्यक्तिहरुको GIS प्रविधिबाट म्यापिङ गरिएको विवरणहरुको प्रस्तुतिकरण र अध्ययन कार्यक्रम सम्पन्न भयो । सो कार्यक्रममा आगामी दिनहरुमा सम्भाव्य सस्पेक्ट् म्यापिङ, कन्ट्याक्ट ट्रेसिङ र ट्रयाकिङ प्रभाकारी रुपमा अगाडि बढाउन गर्नुपर्ने कार्यहरुमाथि छलफल गरियो ।

महालक्ष्मी नगरपालिकाको पूर्वतयारी तथा आकस्मिक प्रतिकार्य योजनाको मस्यौदाको प्रस्तुतीकरण एवम् छलफल कार्यक्रम

मिति २०७७/०२/२५ गते महालक्ष्मी नगरपालिकाका नगरप्रमुख श्री रामेश्वर श्रेष्ठ ज्यूको अध्यक्षता र बागमती प्रदेश सभा सदस्य मा. माधवप्रसाद पौडेल ज्यूको विशेष उपस्थितिमा महालक्ष्मी नगरपालिकाको पूर्वतयारी तथा आकस्मिक प्रतिकार्य योजनाको मस्यौदाको प्रस्तुतीकरण एवम् छलफल कार्यक्रम सम्पन्न भयो । सो कार्यक्रममा नगर उप-प्रमुख श्री निर्मला थापा ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री पुरुषोत्तम सापकोटा ज्यू, १ देखि १० वडाका वडा अध्यक्षज्यूहरु, नगर कार्यपालिका सदस्यहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका श्रोत व्यक्तिहरु श्री विष्णुप्रसाद तिमल्सिना र श्री विष्णु रोक्काले प्रस्तुतीकरण गर्नुभई उपस्थित सबैले छलफलमा भाग लिनुभएको थियो । 

Pages