FAQs Complain Problems

सूचना तथा समाचार

२०७८ वैशाख १४ गते देखि प्राथमिक स्वास्थ्य केन्द्र, लुभुमा कोभिड १९ विरुद्ध लगाइने भेरोसिल खोप (First Dose) सम्बन्धी सूचना!

अत्यावश्यक सेवा बाहेकका सेवा स्थगित गरिएको सम्बन्धी सूचना ।

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

नयाँ भेरियन्ट सहितको कोभिड-१९ः सचेत र सजग रहन महालक्ष्मी नगरपालिकाको अपिल ।

मितिः २०७८/०१/१३

नयाँ भेरियन्ट सहितको कोभिड–१९ : सचेत र सजग रहन अपिल
 

नयाँ भेरियन्ट सहितको कोभिड–१९ महामारी देशभर फैलिरहेकाले यसबाट सचेत र सजग रहन नगरबासी दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक अपिल गर्दछु । छिमेकी भारतमा नयाँ भेरियन्ट सहितको कोभिड–१९ सामान्य भाइरसभन्दा ७० प्रतिशत बढी संक्रामक रहेको चिकित्सकहरुको अनुसन्धानबाट पुष्टि भएको बताइएको छ । मृत्युदरका हिसाबले पनि ‘नयाँ भेरियन्ट’ पहिलेको भन्दा घातक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । नयाँ प्रजातिको भाइरसको जोखिम बढिरहेकाले सचेत र सजग रहँदै निम्न सावधानीहरु अपनाउन नगरबासीमा अपिल गर्दछु ।

१. आफू पनि संक्रमित हुन सक्छु ठानेर स्वास्थ्य सावधानी, सजगता अपनाउनुहुन ।

२. स्वास्थ्यका न्यूनतम मापदण्डहरु (भौतिक दूरी कायम गर्ने, भीडभाडमा नजाने, नियमित साबुन पानीले हात धुने वा सेनिटाइजर प्रयोग गर्ने, सही तरिकाले मास्कको नियमित प्रयोग गर्ने) अनिवार्यरुपमा पालना गर्न गराउनुहुन ।

३. शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र)मा भौतिक रुपमा उपस्थित नभई भर्चुअल माध्यमबाट वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाई शैक्षिक गतिविधि सञ्चालन गर्नुहुन ।

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

कृषि शाखाबाट सञ्चालन हुने कार्यक्रम सम्बन्धी सूचना-२०७८वैशाख१२

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

बाबु आमा विहिन बालबालिका संरक्षण कार्यक्रमको लागि आवेदन सम्बन्धी सूचना।

Pages