आ.व. ०७७/७८ को अर्धवार्षिक प्रगति समिक्षा तथा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

मिति २०७७/११/०७ र ०८ गते यस महालक्ष्मी नगरपालिकाको आ.व. ०७७/७८ को अर्धवार्षिक प्रगति समिक्षा तथा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा समिक्षा अवधिमा सबै वडा कार्यालय र नगरपालिकाका सबै शाखाबाट भएका कार्य प्रगति, असल अभ्यासहरू, कार्यान्वयनको क्रममा देखिएका समस्या तथा त्यसका समाधानको लागि चाल्नुपर्ने कदम बारे प्रस्तुतीकरण भएको थियो । कार्यक्रममा स्थानीय तह संस्थागत स्वमूल्याङ्कन बारे प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी गराउनु भएको थियो । दुई दिनसम्म चलेको कार्यक्रमको अन्तमा चालु आ.व.को स्वीकृत नीति तथा कार्यक्रम निर्धारित समयमा सम्पन्न गर्न कार्ययोजना तयार गरी कार्ययोजना बमोजिम कार्य सम्पन्न गर्न १० बुँदे प्रतिवद्धता समेत गरिएको थियो । कार्यक्रममा नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूबाट स्वीकृत नीति कार्यक्रम र बजेट कार्यान्वयन एवम् सेवा प्रवाह सम्बन्धमा भए गरेका उपलब्धि र लक्षित उपलब्धि बीचको अन्तर पत्ता लगाउन यस कार्यक्रम महत्वपूर्ण साबित भएको बताउदै सहभागीहरूले तयार गर्नु भएको कार्ययोजना बमोजिम कार्य अघि बढाउन र प्रतिबद्धताको अक्षरश कार्यान्वयनमा जोड दिनुभयो । कार्यक्रममा नगर उपप्रमुख श्री निर्मला थापाज्यू सहित वडा अध्यक्षज्यूहरुबाट समेत कार्यक्रमको सम्बन्धमा विचार राख्दै कार्यक्रम उपलब्धिमूलक भएको विचार राख्नु भयो ।

Mahalaxmi Municipality semi annual review