एघारौँ नगर सभा सम्पन्न ।

मिति २०७८/०९/२० गते नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूको अध्यक्षता र बागमती प्रदेशका प्रदेश मामिला समितिका सभापति एवम् प्रदेश सभा सदस्य मा. माधवप्रसाद पौडेलज्यूको आतिथ्यतामा महालक्ष्मी नगरपालिका ललितपुरको एघारौँ नगरसभा सम्पन्न भयो । सो बैठकमा नगर उपप्रमुख श्री निर्माला थापाज्यूद्वारा पेस गर्नुभएको दसौँ नगरसभाबाट स्वीकृत आर्थिक वर्ष २०७८/७९ को बजेट, योजना तथा कार्यक्रम संसोधन सम्बन्धी प्रस्ताव र विनियोजन विधेयक २०७८ (पहिलो संशोधन) माथि छलफल भई नगरसभाबाट सर्वसम्मत रुपमा पारित गरिएको छ।  त्यसैगरी आजको बैठकमा सभा सदस्य श्री नन्द कुमार न्यौपानेबाट आर्थिक विधेयक २०७८ (पहिलो संशोधन) सभासमक्ष पेश भई सर्वसम्मत रुपमा पारित गरिएको छ। महालक्ष्मी नगरपालिकाको एघारौँ नगरसभामा कार्यपालिकाले चालु आ.व. श्रावणदेखि हालसम्म गरेका निर्णयहरु अनुमोदन गर्ने सम्बन्धी प्रस्ताव सभा सदस्य श्री रेश्मा के.सीद्वारा सभासमक्ष पेश भई सर्वसम्मतीले पारित गर्दै एघारौँ नगरसभा सम्पन्न भएको छ । सभामा प्रदेश सभा सदस्य मा. माधवप्रसाद पौडेलज्यूले नगर सभाको शुभकामना मनतव्य राख्नु भएको थियो ।