महालक्ष्मी नगरपालिकाका प्रमुखको विशेष अपिल । "लकडाउनको एक वर्षः कोरोना महामारीमुक्त भएका छैनौँ।"

मितिः २०७७/१२/११

महालक्ष्मी नगरपालिकाका प्रमुखको अपिल

लकडाउनको एक वर्षः कोरोना महामारीमुक्त भएका छैनौं’

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको एक वर्ष पूरा भएको छ । सरकारले ठीक एक वर्षअघि चैत ११ देखि एक साताका लागि लकडाउन गरेको थियो । त्यस पछि पटक–पटक गरेर देशव्यापी रूपमा गरिएको लकडाउन चार महिनापछि अन्त्य भएको थियो । लकडाउन अन्त्य भए पनि प्रदेश, जिल्ला र स्थानीय तहमा अलग–अलग रूपमा निषेधाज्ञा र लकडाउन गरिएको थियो ।

छिमेकी मुलुक भारतमा फेरि कोरोना संक्रमण बढ्न थालेसँगै नेपालमा समेत त्रास बढेको छ । गत वर्ष पनि भारतमा संक्रमण फैलदा त्यसको असर तत्कालै नेपालमा परेको थियो । पुनः भारतमा संक्रमण वृद्धि भएसँगै नेपालमा सतर्कता अपनाउन जरुरी छ । सबै सरकारी तथा गैर सरकारी कार्यालय, विश्वविद्यालय,  विद्यालय, कलकारखाना र सार्वजनिक सवारी साधनमा धेरैभन्दा धेरै स्वास्थ्य सुरक्षा सावधानी अपनाउनुपर्ने देखिन्छ । सबै नागरिकले आफ्नो कर्तव्य सम्झिएर जनस्वास्थ्य मापदण्ड पालना गर्न जरुरी छ ।

नागरिकहरुमा कोरोना खोप आएपछि महामारी सकिएकोजस्तो आचार–विचार र व्यवहार हुन थालेको छ । खोप लगाउँदैमा शतप्रतिशत सुरक्षित हुँदैन । संक्रमण हुने र अरूलाई सार्ने सम्भावना कायमै हुन्छ । नयाँ संक्रमित मात्र होइन, खोप लगाएका व्यक्तिमा पनि पुनः संक्रमण हुन सक्छ । तसर्थ कोरोना विरूद्धको खोप लगाइकाहरूले समेत अनिवार्य रुपमा जनस्वास्थ्य सुरक्षाको पालना गर्नु पर्दछ ।  

आदरणीय नगरवासी आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरुमा, म पुनः जनस्वास्थ्यका मापदण्डहरू पालना गर्न जस्तै भौतिक दूरी कायम गर्न, मास्क लगाउन, साबुनपानीले राम्रोसँग हात धुन वा स्यानिटाइजर प्रयोग गर्न, भीडभाड हुने कार्य नगर्न र आफु पनि सहभागी नहुन सम्पूर्णमा विशेष अनुरोध गर्दछु ।

 

 
रामेश्वर श्रेष्ठ,

नगर प्रमुख

"Unite To Fight Against Corona Virus, COVID-19"

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document):