महालक्ष्मी नगरपालिका, तथा अर्लि चाइल्डहुड एजुकेसन सेन्टर (ECEC) एवम् तीनवटा सामुदायिक विद्यालयकाबीचमा कक्षा व्यवस्थापनमा सुधार तथा शिक्षकको क्षमता अभिवृद्धि गरी बालमैत्री नमूना विद्यालय सञ्चालनका लागि सहयोग कार्यक्रम सम्बन्धमा सम्झौता ।

२०७७ फागुन ९ गते महालक्ष्मी नगरपालिकाका नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूको अध्यक्षतामा महालक्ष्मी नगरपालिका, तथा अर्लि चाइल्डहुड एजुकेसन सेन्टर (ECEC) एवम् तीनवटा सामुदायिक विद्यालयकाबीचमा कक्षा व्यवस्थापनमा सुधार तथा शिक्षकको क्षमता अभिवृद्धि गरी बालमैत्री नमूना विद्यालय सञ्चालनका लागि सहयोग कार्यक्रम सम्बन्धमा सम्झौता एवम् कार्यक्रमको शुभारम्भ कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा नगर प्रमुखज्यूले नगरपालिकालाई शैक्षिक हव बनाउने उद्देश्य अनरुप नमूना विद्यालय स्थापनाको लागि प्रारम्भिक कक्षा देखि ३ कक्षा सम्मको कक्षा व्यवस्थापन र शिक्षकहरूको क्षमता अभिवृद्धि कार्यक्रमले गुणस्तरीय र बालमैत्री शिक्षा प्रदान गर्न महत्वपूर्ण सहयोग प्राप्त हुने कुरा बताउनु हुदै सामुदायिक विद्यालयको सुधारमा ECEC संस्थाले गरेको सहयोग प्रति धन्यवाद व्यक्त गर्दै आगमी दिनमा नगरभित्रका सबै विद्यालयमा क्रमश: यो कार्यक्रम लागू गर्ने बताउनु भयो । अर्लि चाइल्डहुड एजुकेसन सेन्टर (ECEC) प्रमुख पिताम्बर न्यौपानेले संस्थाको तर्फबाट प्रस्तुती गर्दै नगरपालिकासँगको सहकार्यमा सामुदायकि विद्यालयको सुधारका लागि काम गर्न पाउदा खुशी व्यक्त गर्नु भयो । प्रमुख प्रशासकिय अधिकृत श्री पुरुषोत्तम सापकोटा, वडा न. ८ का वडाध्यक्ष श्री विश्वराज श्रेष्ठ, शिद्धिमङ्गल मावि का प्रअ मिन आछामी र लुभू मावि विव्यस अध्यक्ष श्री रामगोपाल सिंहले कार्यक्रम सफलताको शुभकामना प्रदान गर्नुका साथै विद्यालयमा कार्यक्रम कार्यान्वयन तथा सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष श्री रामबहादुर केसी, वडा नं. ६ का वडा अध्यक्ष श्री बासुदेव महर्जन, गम्भिर समुन्द्र सेतु माविका अध्यक्ष श्री विजय बानिया तथा प्रअ देवेन्द्र महर्जन, शिद्धि मङ्गल माविका अध्यक्ष श्री लक्ष्मी बहादुर महर्जन, लुभू माविका प्रअ प्रभालक्ष्मी अमात्य, अर्लि चाइल्डहुड एजुकेसन सेन्टर (ECEC) टिम लिडर सविता थापा, स्रोत शिक्षक राजेन्द्र विक्रम कार्कीको सहभागीता रहेको कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत श्री सुनिता योङ्हाङ्ले गर्नु भएको थियो । कार्यक्रममा सहभागीलाई स्वागत तथा कार्यक्रमको उद्देश्य बारेमा प्रमुख शिक्षा अधिकृत श्री चिरञ्जीवी पौडेलले बताउनु भएको थियो । चालु शैक्षिक शत्र २०७७ देखि २०८० सम्म सञ्चालन हुने यस कार्यक्रम अन्तर्गत नगरपालिकाका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई समेत क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिने भएकाले नगरपालिकको समग्र शैक्षिक विकासमा यसले योगदान पुर्याउने विश्वास लिन सकिन्छ ।

MOU of Mahalaxmi Municipality