सेवा प्रकार:
लाग्ने समय:
शैक्षिक सत्र सुरु हुनु भन्दा १ महिना अगावै
जिम्मेवार अधिकारी:
शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख
सेवा दिने कार्यालय:
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्क:
क) नाम परिवर्तन रु. १५,०००|- ख) स्वामित्व परिवर्तन रु. ५०,०००|-
आवश्यक कागजातहरु:
- सम्बन्धित विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्णयको प्रतिलिपी
- कम्पनी रजिष्टारको कार्यालयमा नाम परिवर्तन र स्वामित्व परिवर्तन भएको प्रमाणपत्र
- सम्बन्धित वडा कार्यालयको सिफारिस
- विद्यालय स्थापनाको अनुमतिपत्रको प्रतिलिपी
- शैक्षिक गुठीको विधान वा कम्पनीको प्रवन्ध पत्र तथा नियमावलीको प्रतिलिपी
- विद्यालय सञ्चालन वा लगानीकर्ताको नागरिकताका साथै शैक्षिक योग्यताको प्रमाणपत्र
गुनासो सुन्ने अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत