संस्थागत विद्यालय अद्यावधिक/नवीकरण

सेवा प्रकार:

लाग्ने समय: 
-
जिम्मेवार अधिकारी: 
शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख
सेवा दिने कार्यालय: 
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
१) अद्यावधिक (क) विद्यालय रु. २०,०००|- (ख) पूर्व प्रावि रु. १०,०००|- २) नवीकरण (क) ५०० भन्दा कम विद्यार्थी भएमा रु. १०,०००|- (ख) ५०० देखि १००० विद्यार्थी भएमा रु. २०,०००|- (ग) १००० भन्दा माथि विद्यार्थी भएमा रु. ३०,०००|- (घ) पूर्व प्रावि रु। ५,०००|-
आवश्यक कागजातहरु: 
  1. तोकिएको ढाँचा अनुसारको निवेदन
  2. विद्यालयको वार्षिक लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपी
  3. विद्यालय स्थापनाको अनुमतिपत्रको प्रतिलिपी
  4. जग्गा धनी प्रमाण पूर्जाो प्रतिलिपी
  5. जग्गा वा भवन भाडामा लिने भए कम्तीमा पाँच वर्षको लागि कवुलियतनामाको प्रतिलिपी
  6. तोकिएको बमोजिमको रकम बुझाएको रसिद
  7. कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको (नवीकरण सहितको प्रमाणपत्र)
  8. सम्पत्ती कर र घरवहाल कर तिरेको रसिद
  9. विद्यालय सञ्चालक वा लगानीकर्ताको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
गुनासो सुन्ने अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत