७६/७७

महालक्ष्मी नगरपालिकाले कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण रोकथाम, नियन्त्रण तथा राहत प्रदान कार्यका लागि प्राप्त गरेको सहयोगहरुको विवरण

महालक्ष्मी नगरपालिकाले कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण रोकथाम, नियन्त्रण तथा राहत प्रदान कार्यका लागि प्राप्त गरेको सहयोगहरुको विवरण
क्र. सं. सहयोग गर्ने व्यक्ति वा संस्थाको विवरण सहयोग प्राप्त मिति सहयोगको किसिम जिन्सि सहयोग विवरण नगद सहयोग विवरण
नेपाल कम्युनिस्ट पार्टी ललितपुर जिल्ला (महालक्ष्मी) २०७६|१२|२३ जिन्सि एक सय बोरा चामल (प्रति बोरा २५ के जी, एक सय लिटर खानेतेल, एक सय केजी नुन, एक सय केजी दाल, १०० पाकेट साबुन  
महालक्ष्मी नगरपालिका वडा नं १ मा अवस्थित श्री कृष्ण प्रणामी मूल मन्दिर संचालक समिति २०७६|१२|२५ नगद   रु ५१,१११ (अक्षरुपी रु एकाउन्न हजार एक सय एघार मात्र)
शहरी वातावरण व्यवस्थापन समाज (UEMS) २०७६|१२|२५ नगद ब्लिचिंग पाउडर (१५० के.जी) रु १,००,००० ( अक्षरुपी रु. एक लाख मात्र)
ललितपुर उद्योग वाणिज्य संघ केन्द्र बाट ललितपुर उद्योग वाणिज्य संघ शाखा नं २ मार्फत

मौजुदा सूची दर्ता/अद्यावधिक गर्ने सम्बन्धी सूचना ।

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

यस महालक्ष्मी नगरपालिकाको नेतृत्वमा ENPHO, GGGI र Eco Concernको सहकार्यका लागि रणनीतिक फ्रेमवर्कमा अन्तरक्रिया र हस्ताक्षर कार्यक्रम

आज मिति २०७७/०४/१६ गते यस महालक्ष्मी नगरपालिकाका नगरप्रमुख श्री रामेश्वर श्रेष्ठज्यूको अध्यक्षता, नगर उप-प्रमुख श्री निर्मला थापाज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री पुरुषोत्तम सापकोटाज्यू र ENPHO, GGGI र Eco Concernका प्रतिनिधिहरुको उपस्थितिमा यस नगर क्षेत्रको खानेपानी तथा सरसफाई क्षेत्र विकासमा यस नगरपालिकाको नेतृत्वमा ENPHO, GGGI र Eco Concernको सहकार्यका लागि रणनीतिक फ्रेमवर्कमा अन्तरक्रिया र हस्ताक्षर कार्यक्रम सम्पन्न भयो। सो कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुखज्यूले परिणाममुखि कार्यसम्पन्नतालाई प्रमुख प्राथमिकतामा राख्नुपर्ने विषयमा जोड दिनुभयो।

पुरै एल्बम् हेर्न यहाँ क्लिक गर्नुहोस । 

हालसम्म यस नगर क्षेत्रभित्रका कोभिड -१९ संक्रमितहरु र संक्रमितहरुको कोल्ज तथा क्याज्युल कन्ट्याक्टहरुको व्यवस्थापनमा भए गरेका कार्य तथा गतिविधिहरु सम्बन्धी प्रस्तुतिकरण तथा समिक्षा कार्यक्रम ।

मिति २०७७/०४/१३ गते यस महालक्ष्मी नगरपालिकाका नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूको अध्यक्षता र नगर उपप्रमुख श्री निर्मला थापाज्यू र प्रमुख प्रशासकीय अधिकृत श्री पुरुषोत्तम सापकोटाज्यूको उपस्थितिमा यस नगरपालिका अन्तर्गतको केस इन्भेस्टिगेसन एण्ड कन्ट्याक्ट ट्रेसिङ टिमले (CICTT) हालसम्म यस नगर क्षेत्रभित्रका कोभिड -१९ संक्रमितहरु र संक्रमितहरुको कोल्ज तथा क्याज्युल कन्ट्याक्टहरुको व्यवस्थापनमा भए गरेका कार्य तथा गतिविधिहरु सम्बन्धी प्रस्तुतिकरण सम्पन्न भयो । सो कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुखज्यूले हालसम्म यस नगर क्षेत्रभित्र देखिएका कोभिड‍-१९ संक्रमणका विरामीहरुको उपचार पश्चात स्वास्थ्य लाभ गरि घर फर्किसकेका र हाल थप नयाँ संक्रमति देखा नपरेको अवस्थामा यसका लागि योगदान गर्नुहुने सम्पूर्णमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले हालसम्म भए गरेका कार्यहरुको समिक्षा गर्दै कोरोना संक्रमणको जोखिम अझै उच्च रहेकाले आगामी दिनमा कोभिड -१९ संक्रमणको रोकथाम तथा नियन्त्रण कार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

शैक्षिक वर्ष २०७६ कार्यसम्पादनको मूल्याङ्कन सम्बन्धमा (श्री समुदायिक विद्यालय, सबै)

Pages