आज मिति २०७७/०४/१६ गते यस महालक्ष्मी नगरपालिकाका नगरप्रमुख श्री रामेश्वर श्रेष्ठज्यूको अध्यक्षता, नगर उप-प्रमुख श्री निर्मला थापाज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री पुरुषोत्तम सापकोटाज्यू र ENPHO, GGGI र Eco Concernका प्रतिनिधिहरुको उपस्थितिमा यस नगर क्षेत्रको खानेपानी तथा सरसफाई क्षेत्र विकासमा यस नगरपालिकाको नेतृत्वमा ENPHO, GGGI र Eco Concernको सहकार्यका लागि रणनीतिक फ्रेमवर्कमा अन्तरक्रिया र हस्ताक्षर कार्यक्रम सम्पन्न भयो। सो कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुखज्यूले परिणाममुखि कार्यसम्पन्नतालाई प्रमुख प्राथमिकतामा राख्नुपर्ने विषयमा जोड दिनुभयो।
मिति २०७७/०४/१३ गते यस महालक्ष्मी नगरपालिकाका नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूको अध्यक्षता र नगर उपप्रमुख श्री निर्मला थापाज्यू र प्रमुख प्रशासकीय अधिकृत श्री पुरुषोत्तम सापकोटाज्यूको उपस्थितिमा यस नगरपालिका अन्तर्गतको केस इन्भेस्टिगेसन एण्ड कन्ट्याक्ट ट्रेसिङ टिमले (CICTT) हालसम्म यस नगर क्षेत्रभित्रका कोभिड -१९ संक्रमितहरु र संक्रमितहरुको कोल्ज तथा क्याज्युल कन्ट्याक्टहरुको व्यवस्थापनमा भए गरेका कार्य तथा गतिविधिहरु सम्बन्धी प्रस्तुतिकरण सम्पन्न भयो । सो कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुखज्यूले हालसम्म यस नगर क्षेत्रभित्र देखिएका कोभिड-१९ संक्रमणका विरामीहरुको उपचार पश्चात स्वास्थ्य लाभ गरि घर फर्किसकेका र हाल थप नयाँ संक्रमति देखा नपरेको अवस्थामा यसका लागि योगदान गर्नुहुने सम्पूर्णमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले हालसम्म भए गरेका कार्यहरुको समिक्षा गर्दै कोरोना संक्रमणको जोखिम अझै उच्च रहेकाले आगामी दिनमा कोभिड -१९ संक्रमणको रोकथाम तथा नियन्त्रण कार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।