योजना तथा कार्यक्रम सम्झौता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
सडक तथा पूर्वाधार विकास शाखा प्रमुख
सेवा दिने कार्यालय: 
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
निःशुल्क
आवश्यक कागजातहरु: 
  1. योजना तथा कार्यक्रम सम्झौताको लागि व्यहोरा खुलेको निवेदन
  2. स्वीकृत लागत अनुमान
  3. वडा कार्यालयको योजना सम्झौता गरिदिने वारेको सिफारिस
  4. सरोकारवाला उपभोक्ताहरुको भेलाबाट निर्वाचित पदाधिकारीको रोहवरमा भएको उपभोक्ता समिति/अनुगमन समिति गठनको निर्णयको प्रतिलिपी
  5. संघ संस्था, समूह, क्लब, समिति आदि जस्ता आधिकारिक संस्थाद्वारा कार्यान्वयन गरिने योजना भए सोही समितिको आधिकारिक निर्णयको प्रमाणित प्रतिलिपी
  6. समितिका पदाधिकारीहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपी 
  7. उपभोक्ता समितिबाट सम्झौता तथा खाता सञ्चालनको लागि जिम्मेवार पदाधिकारी तोकेको उपभोक्ता समितिको निर्णय
  8. आयोजना कार्यन्वयनको कार्यतालिका
  9. जन सहभागिता बापतको रकम नगरपालिकाको खातामा जम्मा गरेको सक्कल बैंक भौचर
  10. समितिका पदाधिकारीहरुले नागरपालिकालाई बुझाउनु पर्ने कर, शुल्क, दस्तुर बुझाएको प्रमाण
  11. भौतिक पूर्वाधार वाहेक अन्य कार्यक्रमको लागि कार्यक्रम प्रस्ताव
गुनासो सुन्ने अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत